प्रदेश लोकसेवा आयोग गठनबारे विधेयक निर्माण गर्न स्वीकृति प्रदान

 चैत ५, २०७५ मंगलबार ६:४१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – प्रदेश १ सरकारले प्रदेश लोकसेवा आयोग गठनका लागि विधेयक निर्माण गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । सोमबार प्रदेश १ को मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोग गठनको गर्न सैद्धान्तिक स्वीकृति  प्रदान गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै मन्त्री परिषदको बैठकले  ग्रामीण सडक सञ्चानल कार्यविधि २०७५ को प्राविधिक शब्दावलीमा संसोधन गर्ने  निर्णय गरेको छ। प्रदेश निर्वाचन क्षेत्र पुर्वधार विकास कार्यक्रम पहिलो संसोधन बैठकले पास गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।

प्रदेश सरकारले आफ्नै वार्षिक क्यालेण्डर बनाउने पनि निर्णय गरेको छ । बैठकले प्रदेश आर्थिक कार्यविधि विधेयक निर्माण गर्न स्वीकृति प्रदान गरेको छ । त्यस्तै होली पर्वको अवसरमा झापा जिल्लामा दिईँदै आएको विदालाई सच्याउन संघीय सरकारलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको सरकारका  प्रवक्ता मन्त्री कार्कीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया