रुपन्देहीको तरैनी स्मार्ट कृषि गाउँ घोषणा

 चैत ५, २०७५ मंगलबार १०:१८:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – ओमसतिया गाउँपालिका– ५ मा रहेको तरैनी गाउँलाई स्मार्ट कृषि गाउँ घोषणा गरिएको छ ।

प्रदेश सरकारले उपलब्ध गराएको ५० लाख रुपैयाँ खर्च गरेर अब यो गाउँमा कृषिको आधुनिकीकरण र बजारीकरणमा सहयोग पुग्ने क्रियाकलाप सञ्चालनमा आउने छन् । 

प्रदेश सभा सदस्य दधिराम न्यौपानेले प्रदेशको सम्मृद्धिका लागि कृषि नै महत्वपूर्ण आधार भएकोले स्मार्ट कृषि गाउँको घोषणाले कृषकको क्षमता अभिवृद्धि गर्न र उपजको आधुनिकीकरण गर्न तथा बजारीकरण गर्नका लागि सहयोग पुग्ने बताउनुभयो । 

प्रदेश सरकारले प्रदेशका ५२ निर्वाचन क्षेत्रका एकद्दएक गाउँलाई स्मार्ट कृषि गाउँ घोषणा गर्दै ५०/५० लाख अनुदान दिने घोषणा गरेको थियो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया