कलाकार रमेश खत्री पौडेलले ल्याए ‘म परदेशी'

 चैत ५, २०७५ मंगलबार १७:८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कलाकार रमेश खत्री पौडेलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘म परदेशी' बोलको म्युजिक भिडियोको गीत म्युजिक नेपालको युट्यूबबाट सार्वजनिक गरिएको हो ।  गीतमा पूर्णकला बिसी र मुकेश भट्ट (बासुदेव )को श्वर रहेको छ भने शब्द संकलन रमेश खत्री पौडेलको र लय मुकेश भट्ट (बासुदेव )ले गरेका हुन् । गीत सङ्गीत एउटा जीवनको दु:ख सुखको साथी हो, जब जीवन,घर, परिवार, समाज ,स्थान, कला र साँस्कृतिकसंग मेल खान्छ तब जीवनको दर्शन गीतबाट सबैको सामु भाव विलौना पोखिन्छ । घर परिवार छाडेर वैदेशिक रोजगारीमा विदेश गएका युवा पुस्तामा लक्षित गरेर तयार पारेका छन् ।

गीतको भिडियोमा नायिका जुनु गुरुङ तथा रमेश खत्रीले आफूले पनि अभिनय गरिएका छन् भिडियो निमार्ण बी स्टार फिलिम प्रा.लि.ले गरेको छ भिडियोलाई केही फरक र रमाइलो बनाइएको निर्देशक विक्रम चौहानले बताए ।

प्रकाश खड्काले छायाँकंन गरेका थिए भने मिलन वि.क.ले सम्पादन गरेका छन् । विनोद बाजुरेलीले एरेन्ज गरेको यस गीतलाई मालश्री स्टुडियोले तयार पारेको हो।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया