अग्निपीडितलाई हरिऔन नगरपालिकाको एक लाख सहयाेग

 चैत ५, २०७५ मंगलबार १७:२०:५८ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - हरिऔन  नगरपालिका - ११ का अग्निपीडित शेष जुबैदलाई नगरपालिकाले एक लाख रुपैयाँ सहयोग गरेको छ ।

नगरपालिकाका मेयर गणेश प्रसाईंले अग्निपीडित परिवारलाई घरैमा पुगेर चेक हस्तान्तरण गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिनुभयो ।

फागुन २९ गते बिजुली शर्ट भएर लागलागी हुदा जुबैदको घर जलेर नष्ट भएको थियाे। घर जलेपछि जुबैद परिवार घरबारविहीन भएका छन्।

अन्तिम अपडेट: चैत २३, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया