लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रका केही ठाउँमा आज हुरीबत...
बैशाख ६, २०८१ बिहिबार
सर्लाही - हरिऔन नगरपालिका - ११ का अग्निपीडित शेष जुबैदलाई नगरपालिकाले एक लाख रुपैयाँ सहयोग गरेको छ ।
नगरपालिकाका मेयर गणेश प्रसाईंले अग्निपीडित परिवारलाई घरैमा पुगेर चेक हस्तान्तरण गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिनुभयो ।
फागुन २९ गते बिजुली शर्ट भएर लागलागी हुदा जुबैदको घर जलेर नष्ट भएको थियाे। घर जलेपछि जुबैद परिवार घरबारविहीन भएका छन्।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।