फ्रान्ससँग कम्तीमा बराबरी खेल्दै अघिल्लो चरण पुग्ने दाउमा डेनमार्क

 असार १२, २०७५ मगलवार १२:५७:३२ | एजेन्सी
unn.prixa.net


सन् १९९८ को विश्वकप विजेता फ्रान्स समूह सीबाट नकआउट चरणमा पुगिसकेको छ । उसले समूह चरणमा अष्ट्रेलिया र पेरुलाई पराजित गरेको थियो । यता डेनमार्क एक जित र एक बराबरीसहित ४ अंक जोडेको छ ।
 
यिनै फ्रान्स र डेनमार्क आज लुज्निकी रंगशालामा समूहको अन्तिम खेल खेल्दा फ्रान्ससँग डेनमार्क बढी दवावमा हुनेछ । अर्को चरणमा स्थान बनाउनका लागि डेनमार्कलाई बराबरी पर्याप्त हुनेछ । यदि उसले आजको खेल हारेको अवस्थामा पेरु र अष्ट्रेलियाले बराबरी खेल्नुपर्छ या पेरुले जित्नुपर्छ ।
 
आफ्नो प्लेइङ करिअरमा फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पले सन् १९९८ मा डेनमार्कविरुद्ध विश्वकपको समूह चरणको अन्तिम खेल खेलेका थिए । र, सायद उनले यस खेलमा पनि त्यही नतिजाको अपेक्षा गरिरहेका छन्, जहाँ फ्रान्सले डेनमार्कलाई २–१ गोलले हराउँदै शतप्रतिशत जित निकालेको थियो ।
 
आखिर डेनमार्कका प्रशिक्षक एज हेरिड पनि त्यतिबेलाकै जस्तो नतिजा चाहन्छन् । जहाँ हारका बाबजुद डेनमार्क नकआउट चरणमा पुगेको थियो ।
 
दुई पहेँलो कार्डका कारण युसुफ पल्सेन प्रतिबन्धित रहनु र पियोन सिस्टोले प्रभाव छाड्न नसक्नुले विश्वकपको आफ्नो महत्वपूर्ण खेलमा डेनिस प्रशिक्षक हेरिड आफ्नो अग्रपंक्ति परिवर्तन गर्न बाध्य हुनेछन् ।
 
डेनमार्कका लागि एक अंक पर्याप्त हुनेछ, तर, हेरिड आफ्नो पहिचानको रुपमा रहेको पोनिस बेस फुटबलमा अझै सुधार गर्न चाहन्छन् ।
 
समूहको दोस्रो खेलमा पेरुलाई हराएर अर्को चरणमा पुगेको फ्रान्सेली टोलीको मूड पूरै परिवर्तन भएको छ । तर, प्रशिक्षक डेसच्याम्प स्पष्ट छन्, उनीहरु समूहको शीर्ष स्थानमा हुन चाहन्छन् विपक्षी जोसुकै होस मतलव छैन ।
 
तर, एउटा जिज्ञासा भने अझै कायमै छ कि डेसच्याम्पले डेनमाकविरुद्ध टिममा कस्तो परिवर्तन गर्छन् ।

सम्भावित फ्रान्सेली टिम

ह्युगो लोरिस, बेञ्जामिन पाभार्ड, रफायल भाराने, प्रिस्नेल किम्पेम्बे, लुकास हर्नाण्डेज, पाउल पोग्वा, एनगोलो कान्टे, कोरेन्टिन टिलोसो, नविल फेकिर, एन्टोइन ग्रिजम्यान, थोमस लेमर ।

सम्भावित डेनिस टिम

कास्पर केमिकेल, हेनरिक डाल्सगार्ड, सिमोन जेइर, आन्द्रेस क्रिष्टेन्सेन, जेन्स लर्सेन, लस्से स्कोनी, थोमस डेलाने, क्रिष्टियन इरिक्सन, आन्द्रेस कोर्नेलिउस, मार्टिन ब्रेथवेइट, निकोलाइ जर्गेन्सेन ।

अन्तिम अपडेट: साउन ६, २०७५

तपाईको प्रतिक्रिया