पार्टीको सांगठनिक एकीकरणको काम बिनाकारण लम्ब्याइयाे : माधवकुमार नेपाल

 चैत ५, २०७५ मंगलबार १८:५५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको सांगठनिक एकीकरणको काम अनावश्यक रुपमा लम्ब्याइएको टिप्पणी गर्नुभएको छ ।

वरिष्ठ नेता नेपालले पार्टीको तल्लो तहसम्मको एकीकरणको काम लम्ब्याइएकोमा आफू चिन्तित रहेको र पार्टीका कार्यकर्ताहरुमा निराशा छाएको पनि स्पष्ट पार्नु भयो ।

मंगलबार काठमाण्डाैमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीमाझ उहाँले अठोटका साथ काम गरे एक महिनाभित्र पार्टीको तल्लो तहसम्मको एकीकरणको काम टुंगो लाग्ने पनि दोहोर्‍याउनुभयो ।

उहाँले अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्केपछि पार्टीको सांगठनिक एकीकरणको टुंगाे लाग्नेमा आफू आशावादी रहेको पनि बताउनुभयो । वरिष्ठ नेता नेपालले फरक प्रसंगमा मन्त्रिमण्डल पुनर्गठनबारे आफूलाई कुनै जानकारी नभएको बताउनुभयो ।

सीके राउतलाई राष्ट्रिय राजनीतिकको मूलधारमा ल्याउने सरकारको निर्णय सही भएको पनि उहाँले बताउनुभयो ।

 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया