महिला साफ च्याम्पियनसिप फुटबल : सेमिफाइनलमा नेपाल र श्रीलंका, भारत र बंगलादेश खेल्दै

 चैत ६, २०७५ बुधबार ७:३९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

विराटनगरमा भैरहेकाे पाँचौ महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेल बुधबार हुँदैछ । पहिलो सेमिफाइनलमा नेपाल र श्रीलंका तथा दोस्रो सेमिफाइनलमा भारत र बंगलादेश आमने सामने हुने छन् । 

नेपाल समूह ए को विजेताको हैसियतमा सेमिफाइनल प्रवेश गर्दा श्रीलंका समूह बी को उप विजेता बनेको थियो । यसैगरी समूह बी बाट विजेता बनेको भारत र समूह ए को बंगलादेश उप विजेता बनेको थियो ।

शहीद रंगशालामा हुने सेमिफाइनलका विजेताले उपाधिका लागि भिडन्त गर्ने छन् । समूह चरणमा नेपालले भुटान र बंगलादेश माथि ३–० को जित निकाल्न सफल भएको थियो ।

श्रीलंका विरुद्धको खेलमा नेपालले विपक्षीलाई कमजोर रुपमा नलिएको कप्तान निरु थापाले बताएकी छिन् । नेपाल र श्रीलंकाबीचको खेल बिहान ११ बजेदेखि शुरुहुने छ ।

यस्तै लगातार पाँचौं उपाधि उचाल्ने होडमा रहेको भारतको प्रदर्शन यस पटक पनि उच्च रहेको छ । समूह चरणमा फराकिलो जित निकालेकाले पनि बुधबार नै हुने दोस्रो सेमिफाइनलमा बंगलादेशविरुद्ध पनि समूह चरणको जस्तै प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

भारत र बंगलादेशबीचको खेल दिउँसो ३ बजेपछि सुरु हुने छ ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया