‘मिस अप्रोच’ हुँदा एअर इन्डियाको विमान त्रिभुवन विमानस्थलमा 'ल्याण्ड' हुन सकेन

 चैत ६, २०७५ बुधबार ९:५०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मिस अप्रोच अर्थात सहि बाटो पहिल्याउन नसक्दा भारतबाट आएको एउटा विमान त्रिभुवन विमानस्थलमा ल्याण्ड नगरी फर्किएको छ । 

भारतको नयाँ दिल्लीबाट आएको ए आइ २१३ कलसाइनको एअर इन्डियाको जहाज ‘मिस अप्रोच’का कारण ल्याण्ड हुनै लाग्दा फेरि आकासिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

ल्याण्ड हुनै लाग्दा मिस अप्रोचका कारण फेरि आकासिनु खतरा भए पनि एअर इन्डियाको जहाजले भने सजिलै उचाइ लिएको र केहीबेरमा फेरि ल्याण्ड हुने विमानस्थल कार्यालयले जनाएको छ । 

विमानस्थलमा अचानक खराबी आएमा विमानले ओभरसुट गर्छन् भने कुनै बेला पाइलटले बाटो पत्ता लगाउन नसक्दा ल्याण्ड हुनै लागेको जहाज फेरि उचाइ लिएर उडाउने गर्छन् । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया