राजपा नेपालको अध्यक्ष मण्डलको संयोजक अब शरतसिंह भण्डारी

 चैत ६, २०७५ बुधबार ११:१९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी बुधबारदेखि शरतसिंह भण्डारीले सम्हाल्नुभएको छ । 

महाधिवेशन अघि चक्रीय प्रणालीबाट नेतृत्व गर्ने सहमति अनुसार बुधबारदेखि संयोजकको जिम्मेवारी भण्डारीले सम्हाल्नुभएको राजपाले जनाएको छ । चक्रीय प्रणाली अनुसार २–२ महिनाको कार्यकाल हुने भए पनि राजपाले आउँदो  वैशाख ७ गतेदेखि ९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेकाले भण्डारीको नेतृत्वमा महाधिवेशन हुनेछ ।

तोकिएको समयमा महाधिवेशन भए अनिल झा र राजकिशोर यादवले पार्टीको नेतृत्व गर्ने अवसर पाउनुहुने छैन । २०७४ साल  वैशाख ७ गते विभिन्न दल मिलेर बनेको राजपाको नेतृत्व यसअघि महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादवले गरिसक्नुभएको छ । 

गएको वैशाखमै एकता महाधिवेशन गर्ने भनिए पनि राजपाले आउँदो वैशाख पहिलो हप्ता मात्र महाधिवेशन गर्ने तयारी गरेको छ । 

अन्तिम अपडेट: चैत ४, २०८०

1 Comments

  • Basudev Regmi 'saptarangi'

    March 20, 2019, 11:33 a.m.

    राजपालाई विभिन्न आरोप प्रतिआरोप लाग्दै आएका छन् । जस्तै : टुटफूट, सत्ता लिप्न, नेतृत्वको होडवाजी आदी, भण्डारी ज्यू तपाईकै नेतृत्वमा महाधिबेशन सम्पन्न होस् र पार्टिमा छ वटा अध्यक्ष हैन एउटा शक्तिशाली र नेतृत्व क्षेमतावान व्यक्तिको आगमन होस् । जुन सबै जनाताका समश्याहरु सरल र सहज ढङ्गले समाधान गर्न सकोस् र सबै नेपाली जनतालाई एउटैमालामा गाष्न सकोस् । नेपालको अहिलेको राष्ट्रिय गान जस्तै । सफल कार्यकालको शूभकामना

  •  0 Reply

तपाईको प्रतिक्रिया