श्रीलंकाविरुद्ध नेपाल १ गोलले अगाडि

 चैत ६, २०७५ बुधबार १२:१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

विराटनगरमा भैरहेकाे महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले पहिलो हाफमा १ गोलको अग्रता बनाएको छ ।

श्रीलंकाविरुद्धको सेमिफाइनल अहिले शहीद रंगशालामा भैरहेकाे छ । पहिलो हाफको ४२ औं मिनेटमा पुनम जर्घामगरले गोल गर्दै अग्रता दिलाएकी हुन् ।

गीता रानाले प्रहार गरेको फ्री किकलाई कप्तान निरु थापाले बाइसाईकल किक प्रहार गरेकी थिइन् । निरुको प्रहारलाई सावित्राले हेडर गरकी थिइन् । निरु र फरवार्ड सावित्रा भण्डारीमाथि ध्यान दिएका बेला अनमार्कमा रहेकी पुनमले गोल गरेकी हुन् ।

सुरु देखि नै आक्रमक फुटबल खेलेको नेपालले पहिलो हाफमा थुप्रै पटक पोस्ट चार्ज गरेको थियो ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया