यस्ता छन् जितुलाई होली पर्व मन पर्ने र मन नपर्ने कारण

 चैत ६, २०७५ बुधबार १२:४६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

हास्य कलाकार जितु नेपालको मन पर्ने पर्वहरुमध्ये होली पनि एक हो । यस पटकको होलीमा आफ्ना परिवारसँग रमाइले गर्नुका साथै साथी भाइहरुसँग भेटघाट गरेर मनाउने जितुको योजना छ ।

विभिन्न कार्यक्रमहरुमा निम्तो आएका कारण सकेसम्म सबै ठाउँमा पुग्ने कोशिस गर्ने जितु बताउँछन् । हामीले हास्य कलाकार जितु नेपाललाई होलीमा मन पर्ने र मन नपर्ने ५—५ कारण हरु सोधेका छौँ


मनपर्ने पाँच कारण

१ होली भन्नेबित्तिकै मानिसको वास्तविक जीवन पनि रङ्गीन हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्छ 
२ सामाजिक सद्भावको वृद्धि हुनुका साथै विभिन्न धर्म-संस्कृतिबीच आत्मीयता बढ्छ ।
३ सार्वजनिक बिदा हुन्छ
४ परिवारसँग रमाइलो गर्नुका साथै साथीभाइसँग भेटघाट गर्ने अवसर मिल्छ
५ धर्म-संस्कृतिको जगेर्ना हुनुका साथै संरक्षण पनि हुन्छ 

मननपर्ने पाँच कारण

१ होली आउनुभन्दा अगाडिबाटै जथाभावी लोला हान्ने
२ कसैको चाहना विपरीत रङ्ग तथा लोलाजन्य पदार्थ हान्ने
३ शरीरमा हानी हुने खालका रङ्गहरुको प्रयोग गर्ने
४ दुषित तथा फोहर पानीको प्रयोग गर्ने
५ दिउँसै मादक पदार्थ सेवन गरेर ट्राफिक नियमको उल्लंघन गर्ने

उज्यालो र गफगाफ डट कमकाे सहकार्य

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया