कपिलवस्तुको शिवराजमा एक वृद्धको हत्या

 चैत ६, २०७५ बुधबार १४:२१:२२ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ६ पिपरीमा आज बिहान एक वृद्धको हत्या गरिएको छ । स्थानीय ७० वर्षीय त्रिवेणी अहिरको हत्या भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । 

हत्या भएका यादवको टाउको र अनुहारमा इँटा प्रहार गरिएको छ । राति आफ्नै ओच्छ्यानमा सुतिरहेको अवस्थामा उहाँमाथि इँटा प्रहार भएको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताउनुभयो ।

घटनास्थलमा आर्थिक लेनदेनसम्बन्धी लेखिएको एउटा कागज फेला परेको प्रहरीले जनाएको छ । शव पोस्टमर्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

हत्या भएका अहिर त्यसै स्थानमा रहेको एक हनुमान मन्दिरको धर्मशालामा १० वर्ष देखि बस्दै आउनु भएको थियो । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया