१३ हजार करोड भ्रष्टाचार गरेर भागेका भारतीय हिरा व्यापारी मोदी लण्डनमा पक्राउ

 चैत ६, २०७५ बुधबार १६:६:३८ | एजेन्सी
unn.prixa.net

भारतीय हिरा व्यापारी नीरव मोदी लण्डनमा पक्राउ परेका छन् । 

उनीमाथि पञ्जाब नेसनल बैंकको झण्डै २ अर्ब अमेरिकी डलर(१३ हजार करोड भारु) ऋण चुक्ता नगरेको आरोप छ । भारतले गएको अगस्टमा बेलायतसँग नीरव मोदीलाई सुपुर्दगी गर्न माग गरेको थियो । यसलाई भारतकै सबैभन्दा ठूलो बैंक घोटालाका रुपमा चिनिन्छ । 

लण्डन प्रहरीका अनुसार ४८ वर्षीय भारतीय व्यापारी मोदीलाई लण्डनको होल्बोर्न क्षेत्रबाट मंगलबार गिरफ्तार गरिएको हो । उनलाई बुधबार लण्डनको वेस्टमिन्स्टर कोर्टमा पेश गरिँदैछ । 

पञ्जाब नेसनल बैंकबाछ सन् २०१८ मा नीरव मोदी र उनका काका मेहुल चौकसीको नेतृत्वमा रहेको गहनाको कारोबार गर्ने समूहमाथि झुटो बैंक ग्यारेन्टी पेश गरेर ऋण लिएको आरोप छ ।

यो आरोप सार्वजनिक हुनुभन्दा पहिले नै नीरव मोदी भारतबाट भागेका थिए । मोदी र चौकसीले भने आफूहरुमाथि लागेको भ्रष्टाचारको आरोप गलत भएको बताउँदै आएका छन् । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया