प्रधानमन्त्री ओली राजाको नयाँ अवतार : नेपाली कांग्रेस

 असार १२, २०७५ मगलवार १४:८:३३ | उज्यालो सहकर्मी

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘नयाँ राजा’ को संज्ञा दिएको छ । 

कांग्रेस नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा विभिन्न निकायहरुको व्यवस्था गरेर प्रधानमन्त्री ओली ‘राजाको नयाँ अवतार’ को रुपमा देखिएको दावी गर्नु भएको हो । 

उहाँले मन्त्रीहरुले कानुन मिचेर जथाभावी गर्ने गरेको भन्दै नियन्त्रण गर्न  पनि प्रधानमन्त्री ओलीलाई चेतावनी दिनुभयो । गृहमन्त्री रामबहादुर थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी र कानुन मन्त्री शेरबहादुर तामाङले कानुन मिचेर कर्मचारी र सर्वसाधारणलाई समेत आतंकित बनाएको भन्दै उनीहरुलाई नियन्त्रण गर्न प्रधानमन्त्री ओलीको गम्भीर ध्यानाकर्षण गराउनु भएको हो । 

मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा खर्च कटौतीको प्रस्ताव पेश गर्दै नेता रिजालले गृहमन्त्री थापाले कानुन मिचेर ठेकेदारहरुलाई कारबाही गर्ने गरेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले मूल्यवृद्धिको विरोध गरेका आफ्ना पार्टीका कार्यकर्तालाई सरकारले दमन गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।
 
 

अन्तिम अपडेट: साउन २७, २०७५

1 Comments

  • KRISHNA BHANDARI

    June 26, 2018, 2:33 p.m.

    कानुन मिचेर ठेकेदारहरुलाई कारबाही re...........ani k garnu ta khata odayara swagat garni ta dhila susti garnilai...........

तपाईको प्रतिक्रिया