द्वन्द्वकालका बेवारिसे बम अझै भेटिँदै

 चैत ७, २०७५ बिहिबार १६:५३:८ | प्रेमनारायण आचार्य
unn.prixa.net

प्रतिकात्मक तस्बिर

अर्घाखाँची – माओवादी द्वन्द्वकालमा अति प्रभावित रहेको अर्घाखाँची जिल्लामा त्यतिबेला बेवारिसे छाडिएका बमहरु अझै भेटिँदैछन् । 

मंगलबार मात्रै अर्घाखाँचीको मालारानी गाउँपालिकामा २ वटा सकेट बम भेटिएका छन् ।  मालारानीको वडा नम्बर ३, खनदह गुहेली भन्ने ठाउँमा बम भेटिएको हो । बम भेटिएपछि स्थानीयहरु त्रसित रहेका छन् । 

२ वटा सकेट बम भेटिएको र नेपाली सेनाको टोलीले सुरक्षित ठाँउमा लगेर पड्काएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ । 

गुफामा शंकास्पद वस्तु रहेको भनेर स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी पुगेको र सूचनाका आधारमा खोज्दा २ वटा सकेट बम भेटिएको तथा त्यसलाई सुरक्षित स्थानमा लगेर पड्काइएको  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव निरीक्षक खिमबहादुर घर्ती मगरले जानकारी बताउनुभयो ।

प्रहरी नायब निरीक्षक घर्तीका अनुसार भेटिएका सकेट बम अहिलेका नभइ, द्वन्द्वकालमै लुकाएर राखिएको पुरानो बम रहेको अनुसन्धानबाट पत्ता लागेको हो । 
 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया