कोइरालाको स्मृति दिवसमा अस्पतालका बिरामीलाई फलफूल वितरण

 चैत ७, २०७५ बिहिबार १७:४८:४५ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – गिरिजाप्रसाद कोइराला फाउण्डेशन रामेछापले कोइरालाको नवौं स्मृति दिवसको अवसर पारेर अस्पतालमा उपचाररत बिरामीहरुलाई बिहीबार फलफूल वितरण गरको छ । 

फाउण्डेशनले सदरमुकाम मन्थलीमा रहेकाे तामाकोशी सहकारी अस्पताल, रामेछाप सामुदायिक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र मन्थली पोलिक्लिनिकमा भर्ना भएर उपचार गराइरहेका बिरामीहरुलाई स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको फाउण्डेशनका अध्यक्ष दीपक खड्काले जानकारी दिनुभयाे । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रका नायक तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो । भारतको विहार राज्यको टेडी, सहर्षामा निर्वासित जीवन बिताइरहेको समयमा विसं १९८१ मा कोइरालाको जन्म भएको थियो ।

विराटनगर जुट मिलमा मजदूरको रुपमा रहेर त्यहींबाट नेपाली राजनीतिको नेतृत्व गरेका गिरिजाप्रसादको नेतृत्वमै २०६२–६३ को आन्दोलन सफल भएको थियो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया