गणतन्त्र र संघीयताका विषयमा बाेली फेरे शशा‌ंकले

 चैत ७, २०७५ बिहिबार १८:२१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संघीयता र गणतन्त्रको विरोधमा आफूले कुनै पनि अभिव्यक्ति नदिएको दावी गर्नु भएको छ । 

महामन्त्री कोइरालाले संघीयता र गणतन्त्र राजनीतिक उपलब्धि भएको उल्लेख गर्दै त्यसको संस्थागत विकास गर्नुपर्ने कुरामा आफ्नो जोड रहेको पनि बताउनु भयो । बुधबार काठमाण्डौ टोखामा रहेकाे आफ्नै निवासमा सञ्चारकर्मीमाझ जनताले चाहे गणतन्त्र र संघीयताका विषयमा जनमत संग्रहमा जान कांग्रेस तयार रहेको अभिव्यक्ति दिएर विवादमा पर्नु भएका महामन्त्री कोइरालाले बिहीबार चितवनको भरतपुरमा बोली फेर्नु भएको हो

उहाँले हिन्दु राज्य स्थापनाका लागि भने सरकारलाई दबाब दिन जनतालाई पुनः अपिल गर्नुभयो ।

 

फरक प्रसंगमा महामन्त्री कोइरालाले नेतविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग तत्काल संवाद गर्न  पनि सरकारलाई अपिल गर्नु भयो । चन्द नेतृत्वको नेकपालाई वार्ताको टेबलमा ल्याएर समस्या समाधान गर्नुको साटो धरपकड गरेर सरकारले गल्ती गरिरहेको महामन्त्री कोइरालाको भनाइ छ ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया