ईपीएस कोरियन भाषा परीक्षा शुल्क ‘आइएमई पे’ मार्फत भुक्तानी गर्न सकिने

 चैत ७, २०७५ बिहिबार २०:९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक नेपाली नागरिकले भाषा परीक्षाको आवेदन शुल्क ‘ आइएमई पे’ मार्फत भुक्तानी गर्न सक्ने भएका छन् ।

चैत ८ गतेदेखि १७ गतेसम्म ‘आईएमई पे’ का देशभरका सम्पूर्ण एजेन्ट पार्टनरका अतिरिक्त स्मार्ट फोनमा आफैंले ‘आईएमई पे’ एप्लिकेशन डाउनलोड गरेर सिधै इपीएस कोरिया टोपिक परीक्षा शुल्क भुक्तानी गर्न सकिने आईएमईले जनाएकाे छ । साथै ‘आईएमई पे’ का सम्पूर्ण एजेण्ट पार्टनरहरूले सेवाग्राहीहरूको फारम भर्ने काममा सहजीकरण गर्ने पनि बताइएकाे छ ।   

‘आईएमई पे’ मार्फत परीक्षा शुल्क भुक्तानीका लागि परीक्षार्थीहरूको पूरा नाम, पासपोर्ट र मोबाइल नम्बर स्पष्टसँग उल्लेख गर्नुपर्नेछ । परीक्षा शुल्क चौबिस (२४) अमेरिकन डलर बराबरकाे रकम भुक्तानी गर्नुपर्नेछ र नेपाली रकम सम्बन्धित दिनका लागि निर्धारण गरेको विनिमय दरका आधारमा निर्क्याेल हुनेछ ।

परीक्षा शुल्क भुक्तानी सफल भएपछि परीक्षार्थीहरूले टिपाएका मोबाइल नम्बरमा एसएमएस मार्फत भौचर नम्बर प्राप्त हुनेछ । प्राप्त भएकाे भौचर नम्बर परीक्षा फारम भर्ने बेलामा प्रयोग गर्नुपर्नेछ । परीक्षा शुल्क भुक्तानी प्रकृया पूरा भइसकेपछि परीक्षा फारम भर्नका लागि https://eoers.epsnepal.gov.np/ साइटमा जानुपर्नेछ । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया