‘काठमाण्डौका १० ठाउँमा बम विस्फोट’ भन्दै अफवाह फैलाउने अनलाइन पत्रकार पक्राउ

 चैत ७, २०७५ बिहिबार २०:१९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अफवाह फैलाएको अभियोगमा एक जना अनलाइन पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । 

केही दिन अगाडि सामाजिक सञ्जाल तथा अनलाइनका माध्यमबाट ‘काठमाण्डौका १० ठाउँमा बम विस्फोट’ भन्दै अमर्यादित र भ्रमपूर्ण समाचार सम्प्रेषण गरी अफवाह फैलाएको अभियोगमा कपिलवस्तु जिल्ला वाणगंगाका  अनलाइन आवाज डट कमका सह–सम्पादक २१ वर्षीय गौरव खनाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मंगलबार पक्राउ गरेको हो । उनलाई साइबर अपराध अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको छ । 

थप अनुसन्धानका लागि खनाललाई काठमाण्डौ जिल्ला अदालतबाट ५ दिन म्याद थप गराई हिरासतमा राखिएको महानगरीय प्रहरी परिसर, काठमाण्डौका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । 

तर गाैरव खनालका दाजुले भने आफ्ना भाइकाे गल्ती नभएकाे र प्रहरीले गलत मान्छेलाई पक्राउ गरेकाे उज्यालाे अनलाइनलाई बताउनुभयाे । ‘काठमाण्डौका विभिन्न ठाउँमा बम विस्फोट’ भन्ने समाचार अनलाइन आवाज डट नेटले प्रकाशित गरेकाे र गाैरव खनाल सह-सम्पादक रहेकाे अनलाइन आवाज डट कम अलग भएकाे खनालले बताउनुभयाे । यसबारेमा प्रेस काउन्सिलसँग सहकार्य गरेर  'निर्दाेष' भाइलाई छुटाउन आवश्यक प्रक्रिया अगाडि बढाइएकाे पनि उहाँले जानकारी दिनुभयाे । 

 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया