जी सिने अवार्ड्समा रोमान्टिक पर्फमेन्सपछि एकअर्काको हात समाउँदै यसरी बाहिरिए आलिया रणबिर (तस्बिरमा)

 चैत ७, २०७५ बिहिबार २०:३४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

हालै मुम्बईमा सम्पन्न जी सिने अवार्डस् कार्यक्रममा रणबिर कपूर र आलिया भट्टको उपस्थितिले झनै विशेष बनाइदिएको थियो । 

कार्यक्रम अवधिभर आलिया र रणबिर कपूर सँगै बसेका थिए भने कार्यक्रममा दुवैले रोमान्टिक प्रस्तुति पनि दिएका थिए । 

कार्यक्रममा अभिनेत्री आलिया भट्टले निकै सुन्दर फ्लोरल गाउन लगाएकी थिइन भने रणबिर कपूर कालो रंगको सुटमा सजिएका थिए ।  

रणबिर र आलियाले आलियाको डेब्यू फिल्म ‘स्टुडेण्ट अफ द इयर’ को ्िगीत ‘इश्कवाला लभ’ मा रोमान्टिक प्रस्तुति दिएका थिए जसको भिडियो पनि यतिबेला चर्चामा रहेको छ ।

कार्यक्रमको समापन पछि रणबिर र आलिया एकअर्काको हात समाउँदै बाहिरिएका थिए । दुवैका तस्विरहरु यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । 

रणबिर कपूरले फिल्म ‘सञ्जु’ बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् भने अभिनेत्री आलिया भट्टले फिल्म ‘राजी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया