इराकमा डुंगा डुब्दा सय जनाको मृत्यु

 चैत ८, २०७५ शुक्रबार ७:४:३३ | एजेन्सी
unn.prixa.net

इराकको मोसुल शहरमा रहेको टिगरिस नदीमा डुंगा डुब्दा कम्तीमा सय जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा अधिकांश महिला र बालबालिका रहेको बीबीसीले उल्लेख गरेको छ  ।

डुंगामा दुई सय जना सवार थिए । उनीहरु सबैजना घुम्नका लागि पर्यटकीय आइल्याण्ड जाँदै थिए ।
दुर्घटनामा परेका ५५ जनालाई बचाइएको बताइएको छ । 

त्यहाँका अधिकारीहरुले नदीमा पानीको बहाव बढेका कारण त्यहाँ जानका लागि त्यसअघि नै चेतावनी दिएको बताएका छन् । उनीहरुले मोसुल बाँधको ढोका खोलिएका कारण पानीको वहाब बढेको जानकारी दिएका थिए । 

अन्तिम अपडेट: चैत २७, २०७५

तपाईको प्रतिक्रिया