खुुकुरी प्रहार गरी श्रीमतीको हत्या

 चैत ८, २०७५ शुक्रबार ९:३७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

सर्लाही – सर्लाहीको बरहथवा – ५  मा श्रीमानले धारिलो खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

स्थानीय रामेश्वर सिग्देलको घरमा कोठा भाडामा लिएर बसेका उदयपुर सुरुङगाका ३० वर्षीय रामजी विश्वकर्माले ३३ वर्षकी श्रीमती सुनिता विश्वकर्मालाई बिहीबार राति धारिलो खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । 

विश्वकर्मा बरहथवा बजारमा रहेको एक सुन पसलमा कालिगडको काम गर्दै आइरहेका थिए । हत्या गरेर भाग्दै गरेका उनलाई प्रहरीले राति नै पक्राउ गरेको हो ।

हत्याको बारेमा थप अनुसन्धान भैरहेको सर्लाही प्रहरीले जानएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा पठाएको छ ।
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया