अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
मोरङ – नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ महिला साफ फुटबल प्रतियोगितामा नेपाल समूहले विजयी प्राप्त गरेमा प्रदेश नं १ सरकारले जनही रु दुई लाख पुरस्कार दिने घोषणा गरेको छ ।
खेलकुदलाई उच्च प्राथमिकतामा राखेको प्रदेश नं १ को प्रदेश सरकारले महिला साफ फुटबल च्याम्पियनसिपमा नेपाली टोलीको सम्मान तथा हौसला बढाउने उदेश्यले नेपाली टोलीले उपाधि रक्षा गरे खेलाडीहरुलाई जनही २ लाख दिने घोषणा गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १ को शुक्रबार भएको निर्णयअनुसार यो पुरस्कार दिने घोषणा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल समूह दोस्रो विजेता भएमा खेलाडीको हौसला बढाउन जनही रु एक लाख प्रदान गर्ने निर्णय भएको छ ।