सुशान्त सिंह राजपूतले सामाजिक सञ्जालमा सारा अली खानलाई किन गरे अनफलो?

 चैत ८, २०७५ शुक्रबार १३:१६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले अभिनेत्री सारा अली खानलाई आफ्नो इन्स्टाग्राम अकाउन्टबाट अनफलो गरेका छन् ।

साथै सारा अली खानसँगका सबै तस्बिरहरु डिलिट गरिदिएका छन् । अभिनेत्री सारा अली खानले उनको करियरको सुरुवात फिल्म ‘केदारनाथ’ बाट गरेकी थिइन् ।

यस फिल्ममा अभिनेता सुशान्त सिंह राजपूत सारा अली खानको जोडी थिए । फिल्म ‘केदारनाथ’ मा दर्शकले सारा अली खान र सुशान्तको जोडीलाई मन पराएका कारण फिल्म बक्स अफिसमा हिट सावित भएको थियो ।

यससँगै अभिनेत्री सारा र सुशान्तले एक अर्कालाई डेट गरिरहेका खबरहरु पनि सार्वजनिक भएका थिए । त्यसपछि सारा अली खानकी सौतेली आमा तथा अभिनेत्री करिना कपूर खानले एक कार्यक्रममा अन्तरवार्ताको क्रममा सारा अली खानलाई सल्लाह दिँदै आफ्नो करियरको पहिलो हिरोसँग अफेयर नगर्दा राम्रो हुने सुझाव दिइन् ।

करीना कपूर खानले सिधै नभने पनि उनले सुशान्ततर्फ नै इशारा गर्दै यस्तो सल्लाह दिएकी थिइन् । 

त्यसपछि पनि सारा सुशान्तको केही समय अघि रिलिज भएको फिल्म ‘सोन चिडिया’ को स्पेसल स्क्रिनिङमा गएकी थिइन् । तर अहिले सुशान्तले तिनै सारा अली खानलाई सामाजिक सञ्जालमा अनफलो गरिदिएका छन् ।

अहिले सारा अभिनेता कार्तिक आर्यनसँग फिल्म ‘लब आज कल २’ को छाया‌ंकन गरिरहेकी छिन् । चर्चित टेलिभिजन शो कफी विद करणमा साराले अभिनेता कार्तिक आर्यनलाई डेट गर्न चाहेको कुरा बताएकी थिइन् ।

अहिले उनी तिनै कार्तिक आर्यनका साथ फिल्म छायाँकंन गरिरहेकी छिन भने उनले हालै कार्तिकसँगको तस्विर उनको इन्स्टाग्राममा सेयर पनि गरेकी छिन् ।



अहिले सुशान्तले सारालाई अनफलो गर्नुको पछाडि सारा र कार्तिकबीचको बढ्दो मित्रता नै मुख्य कारण हुनसक्ने अनुमान मिडिया तथा फ्यानहरुले गरिरहेका छन् ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया