सुनको भाउ घट्यो

 चैत ८, २०७५ शुक्रबार १३:२७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनको भाउ शुक्रबार तोलामा २ सय रुपैयाँ घटेको छ । सुन शुक्रबार तोलाको ६० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार तोलामा पाँच सय रुपैयाँ बढेर तोलाको ६० हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार २ सय रुपैयाँ घटेको हो ।

चाँदीको भाउ भने बिहीबार घटबढ भएको छैन । चाँदी शुक्रबार पनि तोलाको ७ सय ४० रुपैयाँ तोकिएको छ । 


 
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया