साफ महिला च्याम्पियनिसप : भारतका लागि अञ्जु तामाङले गरिन् तेस्राे गाेल, नेपाल ३-१ ले पछाडि

 चैत ८, २०७५ शुक्रबार १६:४२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – साफ महिला च्याम्पियनसिपको फाइनलमा भारतले नेपालविरुद्ध तीन–एकको अग्रता बनाएकाे छ ।

खेलको २६ औँ मिनेटमा फ्रीकिकमार्फत डालिमा छिब्बरले गोल गर्दै भारतलाई अग्रता दिलाएकी हुन् । त्यसकाे केही बेरपछि नेपालका लागि सावित्रा भण्डारीले ३३ औँ  मिनेटमा बराबरी गाेल गरिन्। 

तर दाेस्राे हाफकाे ६३औँ मिनेटमा भारतका लागि ग्रेस दाङमेईले गाेल गर्दै भारतलाई २-१ काे अग्रता बनाइन् । त्यस्तै ७८औँ  मिनेटमा भारतका लागि अञ्जु तामाङले गाेल गर्दै अग्रता ३-१ पुर्‍याएकी हुन् । 

नेपालले  सेमिफाइनलमा  श्रीलंका र भारतले बंगलादेशलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । नेपाल  पाँच  संस्करणमध्ये  चौथो  पटक  फाइनलमा पुगेको  छ  भने  भारतले  लगातार  पाँचौं  फाइनल  खेल्दै  छ  ।

यसअघि  लगातार  चार  पटक  भारतले  नै  उपाधि जितेको थियो । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया