आन्ध्र प्रदेश स्टेटले नेपाली युवा टिमलाई ७२ रनले हरायाे

 चैत ८, २०७५ शुक्रबार १७:२६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी यू १९ विश्वकपको एसिया क्षेत्रीय छनोटको थप तयारीका लागि भारतमा रहेको नेपाली युवा टिमले दोस्रो अभ्यास खेलमा हार व्यहोरेको छ ।

पहिलो खेलमा ६२ रनले विजयी भएको नेपाली युवा टिमले दोस्रो खेलमा ७२ रनको हार व्यहाेर्‍यो ।

नेपाली युवा टिमविरुद्ध आन्ध्र प्रदेशको टिमले ४९ ओभर तीन बलमा २८९ रन बनाउँदा अलआउट भयो । आन्ध्र प्रदेशका लागि पी तपश्वीले सर्वाधिक ११६ रन बनाएका थिए । त्यस्तै हर्षवर्द्धनले ३३ रन बनाउँदा हेमन्त रेड्डी र के बेङ्कटेशले २३-२३ रन बनाए । 

नेपालका लागि सूर्य तामाङले ३ विकेट लिँदा प्रितस जिसी, आकाश चन्द, शेर मल्ल र कुशल मल्लले एक-एक विकेट लिए । 

जवाफमा नेपाली युवा टिम ४५ ओभर दुई बलमा २१७ रनमा अलआउट भयो । नेपालका लागि रासिद खानले ३४ तथा कुशल मल्लले ३०, आशिफ शेखले २५ अविषेक बस्नेतले २३ र रित गौतमले २१ रन बनाए पनि टिमलाई हारबाट बचाउन सकेनन् ।

आन्ध्र प्रदेशका लागि हेमन्त रेड्डीले चार विकेट लिए । 

आईसीसी यू-१९ विश्वकप क्रिकेटको एसिया छनोटका लागि विशेष तयारी गर्न नेपाली यू-१९ क्रिकेट टोलीले भारतको आन्ध्र प्रदेशमा रहेकाे छ । अप्रिल दोस्रो साताबाट आयोजना हुने एसिया छनोटमा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया