एक थान कटुवा पेस्तोलसहित कपिलवस्तुमा एक जना पक्राउ

 चैत ९, २०७५ शनिबार ९:२२:४५ | गोपाल भण्डारी

कपिलवस्तु – शिवराज नगरपालिका वडा नं. ४ चनईमा शनिबार बिहान एक थान कटुवा पेस्तोल र एक थान म्यागजिनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा स्थानीय २४ वर्षीय रिजवान मुसलमान रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताउनुभयो । विशेष सुराकीका आधारमा रिजवानको घरबाट हतियार बरामद गरिएको प्रहरी निरीक्षक उपाध्यायले बताउनु भयो । 

पक्राउ परेका रिजुवानको घरमा खानतलासी गर्दा उनी सुत्ने कोठाको ओछ्यानको तल एक थान म्यागजिन र कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका रिजवानउपर हातहतियार तथा खरखजानासम्बन्धी मुद्दा अघि बढाइने प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत १, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया