बन्ने भयो ‘कुली नम्बर वान’ को रिमेक, वरुण धवनका साथ सारा अली खान फाइनल

 चैत ९, २०७५ शनिबार ११:१७:२० | एजेन्सी
unn.prixa.net

बलिउड फिल्म निर्देशक डेविड धवनले ‘कुली नम्बर वान’ को रिमेक बनाउने पक्का भएको छ ।

सुपरस्टार अभिनेता गोविन्दाको सुपरहिट यस फिल्मको रिमेकमा मुख्य अभिनेताको रुपमा वरुण धवन रहनेछन् भने मुख्य अभिनेत्रीको रुपमा अभिनेत्री सारा अली खानलाई फाइनल गरिएको छ । यस फिल्मको स्क्रिप्ट फरहाद सामजीले लेखिरहेका छन् । तिनै फरहादले फिल्म ‘कुली नम्बर वान’ मा सारा अली खान मुख्य अभिनेत्री रहने कुरा बताएका छन् । साथै उनले ‘सिम्बा’ जस्तो सुपरहिट फिल्मपछि सारासँग फेरि काम गर्न पाउदा निकै खुशी रहेको पनि बताएका छन् । यसअघि फरहाद फिल्म ‘सिम्बा’ मा पनि काम गरेका थिए ।

बलिउड फिल्म उद्योगमा वरुण धवनलाई हिट मेसिनको रुपमा हेरिने गरिन्छ । यसअघि वरुणले आफ्ना बुवा डेविड धवनका साथ ‘जुडवा २’ र ‘मे तेरा हिरो’ जस्ता सुपरहिट फिल्म दिइसकेका छन् । अहिले फेरि तेस्रो पटक डेबिड धवन र वरुण धवन एकसाथ काम गरिरहेका छन् । यस पटक वरुण धवनले ९० को दशकको सुपरहिट फिल्म ‘कुली नम्बर वान’ को रिमेकमा पनिमा पनि धमाकेदार अभिनय गर्दै दर्शकको मन जित्न सुरमा छन् । 

डेविड धवनले पहिले अभिनेता गोविन्दा र करिश्मा कपूरका साथ फिल्म ‘कुली नम्बर वान’ बनाएका थिए । जुन फिल्म सन् १९९५ मा रिलिज भएको थियो । फिल्म ‘कुली नम्बर वान’ त्यस वर्षको सुपरहिट फिल्म बनेको थियो । 

दर्शकले गोविन्दा र करिश्मा कपूरको अभिनय र कमेडी निकै मन पराएका थिए । अब भने यस फिल्मको रिमेकमा अभिनेता वरुण धवन र सारा अली खानको जोडीलाई हेर्न सकिनेछ । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया