भोजपुरमा ट्रयाक्टर दुर्घटना : चालकको ज्यान गयो, दुई जना घाइते

 चैत ९, २०७५ शनिबार १२:२४:३ | उज्यालो सहकर्मी

भोजपुर – आमचोक गाउँपालिकाको दुम्मानामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा परि आमचोक गाउँपालिका–४ बालंखाका २५ वर्षीय चालक भविन्द्र राईको ज्यान गएको हो । त्यस्तै दुर्घटनामा परि दुई जना घाइते भएका छन् । 

घाइते हुनेमा महोत्तरी जिल्ला घर भएका सहचालक ४० वर्षीय हरि खत्री  र आमचोक गाउँपालिका –१, बस्ने शंखर कार्की रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । कार्कीको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ  ।

रानीबासबाट बालंखातर्फ आउँदै गरेको ना ५ त ९४३२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुम्मानाको कामीडाँडा भन्ने स्थानमा सडकबाट झण्डै आठ सय मिटर तल झरेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया