३० सेकेण्ड सम्हालिन नसक्दा ३ अंक गुमाउन पुग्यौँ : प्रशिक्षक महर्जन
भदौ १९, २०७५ मगलवार
कैलाली – प्रतिपक्षी दलसँगको छलफल नटुङ्गिएपछि प्रदेश सातको प्रदेशसभा बैठक आज पनि सूचना टाँसेर स्थगित भएको छ ।
आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको बजेटमा प्रतिपक्षी दलले असन्तुष्टि जनाउँदै बैठकमा विरोध जनाएपछि सरकारले प्रतिपक्षसँग छलफल सुरु गरेको हो ।
भोलि ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ । प्रतिपक्षी दलले जनमुखी बजेट नआएको र निश्चित लक्ष नबनाएरै प्रदेश सरकारले बजेट प्रस्तुत गरेको भन्दै बजेटको विरोध गर्दै आएको थियो । बजेट संशोधनका लागि पटक–पटक आग्रह गर्दा पनि सत्ता पक्षले बेवास्ता गरेको भन्दै प्रतिपक्षी दलले रोष्टर्ममा उभिएर हिजोको प्रदेशसभा बैठकमा विरोध गरेका थिए ।
हिजोको प्रदेशसभा बैठक स्थगित भएपछि प्रतिपक्षीदलसँग सत्तापक्ष दल छलफलमा जुटेको छ । छलफल नटुङ्गिएकाले आजको बैठक सुचना टाँसेर स्थगित गरिएको हो ।
सत्तापक्षसँग छलफल चलिरहेकाले बजेट संशोधन हुने अपेक्षा लिएको प्रदेशसभामा प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका नेता रणबहादुर रावलले बताउनुभयो । प्रदेशसभा बैठकमै विरोध गरेपछि प्रदेश सरकार सकारात्मक देखिएकाले आगामी वर्षमा पनि बजेटलाई सच्याएर प्रश्तुत गर्ने कुरामा छलफल भइरहेको उहाँले बताउनुभयो ।
सत्तापक्षले बहुमतको दम्भ देखाएर एकलौटी तरिकाले बजेट पास गरेमा आफू जनताका लागि सडकमा उत्रिने नेता रावलले चेतावनी दिएका छन् । एकलौटी निर्णय गर्न सक्ने गरी प्रदेश सरकार सित बहुमत भएपनि हचुवाका भरमा प्रस्तुत गरेको बजेटको विरोधका लागि जनताका बीचमा गएर त्यसको बिरोधमा उत्रिने उनको भनाई छ ।