लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रका केही ठाउँमा आज हुरीबत...
बैशाख ६, २०८१ बिहिबार
काठमाण्डाै – काभ्रेको खानीखोला गाउँपालिकाबाट पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित नौजनालाई काठमाण्डाै ल्याएर अनुसन्धान शुरु गरिएको छ ।
शनिबार दिउँसो काठमाण्डाै ल्याइएका उनीहरुलाई सम्बन्धित मुद्धा रहेका प्रहरी इकाइ अन्तरगत अनुसन्धान सुरु गरिएकाे गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।
ओली एनसेलको मुख्य कार्यालय अगाडि बम विष्फोट गराउने मुख्य योजनाकार रहेका प्रहरीको दावी छ । ओलीसँगै धर्मराज राजवाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का पक्राउ परेको प्रहरीको उच्च श्रोतले जानकारी दिए पनि प्रहरीले आधिकारिक रुपमा पक्राउ पर्नेको नाम अझै सार्वजनिक गरेको छैन ।
उनीहरुको साथबाट एउटा पेस्तोल र बा १७ च ४८९३ नम्बरको जीप बरामद गरिएको प्रहरीले जनाएको छ ।