सांसद शान्ता चौधरी एसईई परीक्षा दिँदै

 चैत १०, २०७५ आइतबार १०:३०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ  – नेकपाकी सचेतक समेत रहेकी सांसद शान्ता चौधरी आजदेखि सुरु भएको एसर्ईई परीक्षामा सहभागी हुनु भएको छ । 

दाङको तुलसीपुरमा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टरबाट उहाँले परीक्षा दिनुभएको छ । २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उहाँको औपचारिक कक्षाको पढाइ सुरु भएको थियो ।

उहाँ कक्षा ८ र ९ मा औपचारिक रुपमा नियमित विद्यालय गएर पढे पनि कक्षा १० मा भने नियमित विद्यालय जान सक्नु भएन । उहाँ खुला विद्यालयमा भर्ना हुनुभएको हो । उहाँकी छोरी १७ वर्षीया विनु पनि एसईई परीक्षामा सहभागी भएकी छिन् ।

यो पनि पढ्नुहोस् । 

एसईई दिँदै गरेकी सांसद चौधरी भन्छिन् : ममी, कसको नम्बर धेरै आउँछ है भन्दै छोरीले जिस्काउँछिन्

अन्तिम अपडेट: चैत १४, २०८०

1 Comments

  • प्रकाश

    March 24, 2019, 1:15 p.m.

    उनी जस्ता धेरै महिला र विपन्न बर्गका व्यक्तिले परिक्षा दिँदैछन्। राजनीतिक व्यक्ति भएकै कारण उनिी चर्चा पाइन सर्बसाधारण जनता गुमनाम।

  •  0 Reply

तपाईको प्रतिक्रिया