सुनको भाउ बढ्यो

 चैत १०, २०७५ आइतबार ११:४०:३२ | उज्यालो सहकर्मी

काठमाण्डाै – हप्ताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ४ सय बढेको छ । सुन आइतबार तोलाको ६० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको शुक्रबार तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतबार बढेको हो । चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया