शिवराज नगरपालिकाकी वडा अध्यक्षको निधन

 चैत १०, २०७५ आइतबार १२:४२:४० | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका वडा नंं. १० की वडा अध्यक्ष सकुन्तला भारतीको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पिडित रहेकी भारतीको शिवराज नगरपालिका वडा नं. १० लालपुरमा रहेकाे आफ्नै घरमा शनिबार निधन भएको हो ।

७६ वर्षीया भारती स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेद्वार रही यस वडाको वडा अध्यक्षको रुपमा निर्वाचित भएकी थिइन् । स्वर्गीय भारतीका छाेरा बाहिर भएकाले उनको दाह संस्कार आइतबार हुने गरिने पारिवारिक स्रोतले जनाएको छ ।

वडा अध्यक्ष भारतीको निधन प्रति नगर प्रमुख नेत्रराज अधिकारीले गहिराे दु:ख व्यक्त गर्नु भएको छ ।  
 

अन्तिम अपडेट: चैत १४, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया