गाजामा राहत सामग्री पुर्याउनका लागि अनुमति दिन इजरायललाई र...
चैत १६, २०८० शुक्रबार
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका वडा नंं. १० की वडा अध्यक्ष सकुन्तला भारतीको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पिडित रहेकी भारतीको शिवराज नगरपालिका वडा नं. १० लालपुरमा रहेकाे आफ्नै घरमा शनिबार निधन भएको हो ।
७६ वर्षीया भारती स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेद्वार रही यस वडाको वडा अध्यक्षको रुपमा निर्वाचित भएकी थिइन् । स्वर्गीय भारतीका छाेरा बाहिर भएकाले उनको दाह संस्कार आइतबार हुने गरिने पारिवारिक स्रोतले जनाएको छ ।
वडा अध्यक्ष भारतीको निधन प्रति नगर प्रमुख नेत्रराज अधिकारीले गहिराे दु:ख व्यक्त गर्नु भएको छ ।