अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
काठमाण्डाै – नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्यलाभको कामना गर्दै रक्तदान गरिएको छ ।
सिटौला भर्ना हुनुभएको ह्याम्स अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा १ सय ७ जनाले रक्तदान गरेको नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य सुशिल भट्टले जानकारी दिनुभयो ।
‘दुख बाँडौँ, सुख साटौँ’ भन्ने भावनासहित हामीले अस्पतालमै रक्तदान गरेका छौँ, यसबाट सिटौलासहित धेरैले रगत पाउनेछन्’, भट्टले उज्यालोलाई जानकारी दिनुभयो ।
शुक्रबार राति हस्पताल भर्ना हुनुभएका सिटौलाको आईसीयूमा राखेर उपचार भइरहेको छ । आइतबार मध्यान्ह अस्पतालले निकालेको स्वास्थ्य अपडेट अनुसार अहिले सिटौलाको आन्द्राको रक्तश्रावको उपचार भैरहेको छ ।