पृथकतावादी विचार बोक्ने संगठन अब अन्त्य भयोः प्रम

 चैत १०, २०७५ आइतबार १६:३२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्ष राजनीतिक हिसाबले अत्यन्तै सफल रहेको बताउनुभएको छ । 

प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बिखण्डनवादी र पृथकतावादी विचार बोक्ने संगठनको अन्त्य गराउन सफल भएको बताउनुभयो । 

‘बिखण्डनवादी विचार, पृथकतावादी विचार बोक्ने संगठनको अब अन्त्य भएको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अब देशमा बिखण्डनवाद, बिखण्डनवादी संगठन छैन ।’ 

देशका लागि बिण्डनवाद गम्भीर समस्या रहेको र त्यसले कुनै पनि बेला विकृत रुप लिनसक्ने अवस्थालाई आफूहरुले रोकेको उहाँले बताउनुभयो ।  

मधेशमा बिखण्डनवादको अभियान चलाउँदै आएका सीके राउतलाई मूलधारको राजनीतिमा ल्याउन सफल भएको कुरालाई इंगित गर्दै उहाँले पहिलो बुँदामा नै नेपाल सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र र भौगोलिक हिसाबले अभिभाज्य राष्ट्र हो भनेकाले अब बिखण्डनका कुरा समाप्त भएको दावी गर्नुभयो ।  

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया