अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको निर्णय सर्वोच्च अदालतद्वारा सदर

 असार १२, २०७५ मगलवार २०:४४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकी सर्वोच्च अदालतले कैयौँ मुस्लिम देशका नागरिकमाथि अमेरिका आउन ट्रम्प प्रशासनद्वारा लगाइएको प्रतिबन्धलाई जायज ठहर गरेको छ । 

यसभन्दा पहिले अमेरिकाको तल्लो अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको फैसलालाई असंवैधानिक ठहर गरेको थियो । तर मंगलबार अमेरिकाको सर्वोच्च अदालतले तल्लो अदालतको फैसला उल्टाउँदै ‘ट्राभल ब्यान’ लाई सही ठहर गरेको हो । 

यात्रा प्रतिबन्धअन्तर्गत इरान, लिबिया, सोमालिया, सिरिया तथा यमनका नागरिकमाथि अमेरिका प्रवेशमा रोक लगाइएको थियो । ट्रम्प प्रशासनको यो निर्णयलाई शरणार्थीसँग सम्बन्धित तथा मानवअधिकारवादी संगठनले विरोध गरेका थिए । 

यो प्रतिबन्धमा केही संशोधन भने गरिएको छ । यसभन्दा पहिले प्रतिबन्धको सूचीमा इराक र चाड पनि समावेश थिए । तर पछि यी दुई देशका नागरिकमाथि लागेको प्रतिबन्ध भने हटाइएको थियो । 
 

अन्तिम अपडेट: साउन २१, २०७५

तपाईको प्रतिक्रिया