८ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा २४ एनआरएन खेलाडी सहभागी हुने

 चैत १०, २०७५ आइतबार २१:५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रदेश ५ मा हुने आठौं राष्ट्रिय खेलकुदमा एनआरएनएबाट २४ खेलाडी सहभागी हुने भएका छन् ।

सात राष्ट्रबाट विभिन्न ९ खेलमा २२ पुरुष र २ महिला गरी २४ एनआरएनए खेलाडीले प्रतिस्पर्धा गर्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी गराउनुभयाे । खेलाडी बाहेक एनआरएनएबाट २ प्रशिक्षक र ४ निर्णायक पनि आठौं राष्ट्रियमा सहभागी हुनेछन् ।

सबैभन्दा बढी करातेमा १२ खेलाडी रहेका छन् । पुरुषतर्फ करातेमा यूएईबाट विजय तामाङ, लक्ष्मण मगर, उत्तम गुरुङ, कुमार भुसाल, लोकबहादुर श्रेष्ठ र रामबहादुर तामाङ, मकाउबाट नानबहादुर थापा र लोकमानसिंह श्रेष्ठ, अमेरिकाबाट जनकसिंह खड्का तथा मलेसियाबाट नोर्बु तामाङले प्रतिस्पर्धा गर्ने भएका छन् ।

करातेमै भाग लिने दुई महिला खेलाडीमा शान्तिदेवी अधिरकारीले मकाउ तथा १७ औं इन्चोन एसियाडमा नेपाललाई पदकविहीन हुनबाट जोगाएकी विमला तामाङले अमेरिकाबाट खेल्नेछन् ।

फुल कन्ट्याक्टमा जापानबाट अविरल घिमिरे, जुडोमा अस्ट्रेलियाबाट मोहन बम, बक्सिङमा जापानबाट प्रचण्ड केसी, लनटेनिसमा अस्ट्रेलियाबाट अमृत पौडेल र संरक्षकभूषण वज्राचार्य, गोल्फमा हङकङबाट लवकुमार गुरुङ, ब्याडमिन्टनमा युएईका विक्की बुढा, सूर्य गिरी र हिरालाल श्रेष्ठ, एथलेटिक्सको म्याराथनमा मकाउबाट नारी चन्द तथा तेक्वान्दोमा युएईबाट नवीन श्रेष्ठ र अमेरिकाबाट पुष्प थापा मगरले सहभागिता जनाउने जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा २४ खेलाडीले प्रतिस्पर्धा गर्ने स्पर्धा समेत सार्वजनिक गरिएको थियो ।

निर्णायकमा रवि शाही, योगेन्द्र कोइराला, शान्त ठोकर र राजेश कर्माचार्य तथा टिम प्रशिक्षकमा ११ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत करातेका स्वर्णधारी सुनिल लामा र पर्शुराम घिमिरे छन् ।

बृहत राष्ट्रिय खेलकुदमा एनआरएनए टोली पहिलो पटक सहभागी हुन लागेको हो । आठौं राष्ट्रियमा एनआरएनएसहित सात प्रदेश र तीन विभागीय टिम -आर्मी-प्रहरी र एपीएफ गरी ११ टिमको सहभागिता रहने छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया