सरकारलाई राजपाकाे प्रश्न: नागरिकले आफ्नो अधिकार माग्दा जेल जानुपर्ने ?

 चैत १०, २०७५ आइतबार १९:१३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुरले अहिले राज्य आतंक जारी रहेकाे आरोप लगाउनुभएको छ । 

संघीय संसदको तेश्रो अधिवेशन अन्त्यको अवसरमा आइतबार प्रतिनिधिसभामा उहाँले राज्य आतंक अहिले पनि जारी रहेको भन्दै उहाँले लोकतन्त्रमा आफ्नो अधिकारको खोजी गर्दा राज्यले आफ्ना सांसदहरुलाई जन्मकैदको सजाय सुनाएको गुनासो गर्नुभयो ।

‘लोकतन्त्रमा आफ्नो अधिकार माग्दा जेल जानुपर्ने ? आफ्नो अधिकारको माग कहिले गर्ने ? कुन व्यवस्थामा गर्ने ?’ भन्दै उहाँले सरकारसँग प्रश्न गर्नुभयाे । 

अहिले पनि राज्य आतंक जारी रहेको टिप्पणी गर्दै उहाँले भन्नुभयाे, ‘सरकारले आतंक मच्चाउँदा इनाम पाउने, प्रशंसा पाउने, तक्मा पाउने र नागरिकले आफ्नो अधिकार माग्दा गोली खानुपर्ने, जेल जानुपर्ने, मर्नुपर्ने ?’ 

संविधान बनाउने समयमा पहिचानको आधारमा संघ हुनुपर्छ भनेर भनिए पनि सो अनुसार संघ नबनेको नेताहरुले नै स्वीकार गरेको भन्दै उहाँले परिर्वतनको महसुस अझै पनि नागरिकले गर्न नसकेको बताउनुभयो ।

अहिले पनि अधिकार केन्द्रिकृत गरिएकाे र संघीय संरचना कागजको फूलमा मात्रै सीमित भएको दावी गर्नुभयो ।

एउटा समूह र व्यक्तिमा सम्पूर्ण शक्ति केन्द्रितकृत हुँदा देश अधिनायकवादमा जाने भन्दै उहाँले त्यो लक्षण नेपालको राजनीतिमा पनि देखिएको तर्क गर्नुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया