मौसमविद् भन्छन्, ‘पानी पर्ने सम्भावना छ’

 चैत ११, २०७५ सोमबार ७:५४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम सोमबार बदली भई पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

विषेशगरी सोमबार सुदूरपश्चिमका केही ठाउँ र हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो । पश्चिमी वायुको प्रभावका कारण सोमबार र मंगलबार देशभरकै मौसममा बदलीको सम्भावना रहेको छ । यद्यपी ठूलो पानी पर्ने सम्भावना भने नरहेको उहाँले जानकारी दिनुभयो ।  

सोमबार पश्चिमी वायुको प्रभाव पश्चिममा बढी पर्नेछ भने मंगलबार मध्य र पूर्वका भूभागमा पर्ने मौसमविद् पौडेलले जानकारी दिनुभयो । बुधबारदेखि भने मौससमा सुधार हुँदै जाने उहाँको अनुमान छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया