प्रमुख निर्वाचन आयुक्तमा सचिव दिनेशकुमार थपलिया सिफारिस

 चैत ११, २०७५ सोमबार १८:०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संवैधानिक परिषद्ले खाली रहेकाे प्रमुख निर्वाचन आयुक्त पदमा सचिव दिनेशकुमार थपलियालाई सिफारिस गरेको छ ।

संखुवासभाका थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुनुहुन्छ । यसअघिका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र सदस्य इला शर्मा आइतबार सेवानिवृत्त हुनुभएको थियो ।

रिक्त आयुक्त पदमा भने कसैलाई पनि सिफारिस गरिएको छैन । यस्तै बैठकले समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझालाई नियुक्त गर्न सिफारिस गरेको छ । 

विपक्षी दलका नेता शेरबहादुर देउवाकाे अनुपस्थितिमा नै बैठकले नाम सिफारिस गरेकाे हाे । नेपाली कांग्रेसका सभापति एव‌ं संसदीय दलका नेता देउवाले आफू उपस्थित हुन नसक्ने जानकारी लिखित रुपमा गराएकाले उहाँकाे अनुपस्थितिमा पनि नाम सिफारिस गरिएकाे परिषदले जनाएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया