शहीद स्मृति मकवानपुर गोल्डकप: पुलिस क्लब सेमिफाइनलमा

 चैत ११, २०७५ सोमबार २०:१९:५० | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - हेटौंडामा जारी दोस्राे शहीद स्मृति मकवानपुर गोल्डकपमा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

पुलिसले फ्रेन्डस क्लबलाई ३–० ले सहजरूपमा हराउँदै सेमिफाइनलमा पुगेको हो। पुलिसको जितमा भरत शाहले ह्याट्रिक गरे । उनले पहिलो हाफको १२, ४२ र ४३ मिनेटमा गोल गरेका थिए ।

म्यान अफ द म्याच खेलमा ह्याट्रिक गर्ने पुलिसका भरत शाह नै चुनिए । उनलाई सोमबारको खेलका प्रमुख अतिथि संविधानसभा सदस्य अनन्त पौडेलले १० हजार नगद पुरस्कार प्रदान गर्नुभयाे ।

पुलिसले आयोजक मकवानपुर ११ सँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका विजेता तथा उपविजेताले नगद क्रमशः ८ लाख र ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही २०र२० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया