मन्त्री विश्वकर्माले गरे ८ औं रोष्ट्रिय खेलकुद हुने स्थानकाे अवलाेकन

 चैत ११, २०७५ सोमबार २०:४२:१ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि निर्माणाधीन संरचनाको स्थलगत जानकारी लिनुभएको छ ।

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिेना, सदस्य सचिव केशब कुमार विष्टसहित मन्त्री विश्वकर्माले सोमबार बाँके र बर्दियामा राष्ट्रिय खेलकुद हुने स्थानहरुको अवस्थाबारे जानकारी लिनुभएको हो ।

बाँके र बर्दियामा खेल हुने स्थानको बारेमा जानकारी लिएपछि मन्त्री विश्वकर्माले साँझ मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति प्रदेश ५ को नेपालगञ्जमा रहेकाे कार्यालयमा प्राविधिकहरुसँग निर्माण अवस्थाबारे जानकारी लिनुभएको छ ।

परिषदले चैत २७ गते साँझ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्ने र २२ गतेदेखि खेलहरु सञ्चालन गर्ने तयारी गरिरहँदा मन्त्री विश्वकर्मा प्रत्यक्ष अवलोकनका लागि नेपालगञ्ज पुग्नुभएको हो । मन्त्री विश्वकर्मा भौतिक पूर्वाधार निर्माणको अवस्थाबारे विश्वस्त भएपछि मात्रै राष्ट्रिय खेलकुदको मिति तय हुने खेलसम्बद्धहरुले जनाएका छन् ।

परिषदको चैत १५ गते बस्ने बोर्ड बैठकले चैत २७ गते प्रतियोगिताको उद्घाटन गर्ने  निर्णय हुने सदस्य सचिव बिष्टले आइतबार नेपालगञ्जमा आयोजित समन्वय बैठकमा सार्वजनिक गर्नुभएको थियो ।

यसैबीच प्रतियोगिताका खेल संचालन हुन १० दिन मात्र बाँकी रहँदा मुख्य खेल हुने र उद्घाटन हुने स्थान नेपालगञ्ज रंगशालाको भीआईपी प्यारापिटका सामान सोमबार मात्र भन्सार भएर नेपालगञ्ज भित्रिएको छ । 

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया