एम्बाप्पेलाई रियल मड्रिडमा अनुबन्ध गर्न २८० मिलियन युरोको प्रस्ताव राख्ने तयारी

 चैत १२, २०७५ मंगलबार ९:४९:२७ | एजेन्सी
unn.prixa.net

रियल मड्रिडमा फर्किएपछि प्रशिक्षक जिनेदिन जिदानले उत्कृष्ट खेलाडी अनुबन्ध गर्नका लागि प्रकृया सुरु गरेका छन् । उनको पहिलो टार्गेट पीएसजी स्ट्राइकर केलियन एमबाप्पे हुन् ।

आउँदो समर ट्रान्सफर विन्डोमा एमबाप्पेलाई सान्टियागो बर्नाबाउ भित्राउन प्रशिक्षक जिदानले चासो देखाएका छन् । फ्रान्सबाट प्राप्त रिपोर्ट अनुसार एमबाप्पे जिदानको पहिलो प्राथमिकता भएको बुझिाएको छ । एमबाप्पेका लागि रियलले २८० मिलियन युरोको प्रस्ताव राख्ने तयारी गरेको छ । 

दुई वर्षअघि एमबाप्पे रियल मड्रिडमा आबद्ध हुने कुरा चलिरहेका बेला उनी पेरिस सेन्ट जर्मेइनमा आवद्ध भएका थिए । नेयमार र इडिन्सन कभानीसँग निकै राम्रो कम्बिनेसन गरिरहेका एमबाप्पे अनुबन्ध गर्न रियलले पीएसजीलाई मनाउनु पर्नेछ ।

जसका लागि उसले यो भन्दा ठूलो रकम खर्च गर्नुपर्न सक्नेछ । रियल मड्रिडका समर्थकले पनि नयाँ सिजनमा एमबाप्पेलाई सान्टियागो बर्नाबाउमा देख्न चाहेका छन् । प्रशिक्षक जिदानको छनोटमा एमबाप्पेबाहेक इडिन हाजार्ड, लेरोई साने, माउरो इकाडी र ह्यारी केन पनि छन् ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया