उर्जामन्त्री पुन र बंगलादेशी राजदूतबीच भेटवार्ता

 चैत १२, २०७५ मंगलबार १४:४६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बंगलादेशबाट निजी क्षेत्रको सहभागिता हुने भएको छ ।  

उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई नेपालका लागि बंगलादेशी राजदूत मस्फी विन्ते साम्सले भेट गर्दै लगानी सम्मेलनमा बंगलादेशको सहभागिता हुने बताउनु भएको हो । सिंहदरबारमा रहेकाे उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका साथै आपसी सहयोगका विषयमा पनि छलफल भएको थियो ।

भेटमा बंगलादेशी राजदूत विन्तेले नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बंगलादेशबाट निजी क्षेत्रको सहभागिता रहने जानकारी समेत दिनुभयो । राजदूत विन्तेले उर्जा क्षेत्रमा लगानीका लागि बङगलादेश सरकार इच्छुक रहेको बताउनुभयो ।

द्विपक्षीय भेटमा नेपाल र बंगलादेशबीच उर्जा व्यापारसम्बन्धी भएका समझदारीको आधारमा तय भएका विभिन्न कार्यक्रमहरुका बारेमा समेत समीक्षा भएको उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पुनका सञ्चार सल्लाहकार रोशन खड्काले जानकारी दिनुभयो ।

भेटमा मन्त्री पुनले बंगलादेशमा केही समय अघि मात्र नयाँ सरकार बनेको भन्दै नयाँ सरकारसँग उर्जा क्षेत्रमा सहकार्य गर्न नेपाल इच्छुक रहेको धारणा व्यक्त गर्नुभएको थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया