शहीद स्मृति मकवानपुर गोल्डकप: आयोजक मकवानपुर ११ फाइनल प्रवेश

 चैत १३, २०७५ बुधबार १९:४:३९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - हेटौंडामा जारी दोश्रो शहीद स्मृति मकवानपुर गोल्डकपमा आयोजक मकवानपुर ११ फाइनलमा प्रवेश गरेको छ ।

मकवानपुर ११ ले नेपाल पुलिसलाई १–० गोल अन्तरले हराउँदै फाइनल यात्रा सुरक्षित गरेको हो। 

मकवापुरका तर्फबाट रेजिन सुब्बाले एक गोल गरेर म्यान अफ द म्याच घाेषित हुँदै १० हजार नगद प्राप्त गरे ।

चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ । बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा थ्री स्टारले विदेशी क्यामरुनकाे क्लब दाउफिन्सको सामना गर्दैछ ।

पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका यी दुई क्लबबीचकाे खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

प्रतियोगिताका विजेता तथा उपविजेताले नगद क्रमशः आठ लाख तथा चारलाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही २०र२० हजार रुपैयाँको व्यवस्था गरिएको आयोजक समितिका अध्यक्ष टीकाराम लामाले जानकारी दिनुभयो ।

प्रतियोगितामा करिब ८५ लाख खर्च हुने प्रतियोगिता संयोजक प्रताप बिष्टले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख १, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया