बुटवलमा भारतीय मजदुरको गोली हानी हत्या

 चैत १३, २०७५ बुधबार २२:१७:१२ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – बुटवलमा गोली हानेर एक जनाको हत्या भएको छ । बुधबार बेलुका बुटवल–१, गढिटोल मैनाबगर काठेपुलनजिकै नचिनेका मान्छेको समूहले हानेको गोली लागेर भारतीय नागरिक अन्दाजी ४५ वर्षीय फिरोज खानको ज्यान गएको हो । 

७ वर्षदेखि मैनाबगरको ज्योति इन्जिनियरिङमा मिस्त्रीको काम गर्दै आएका उनलाई छाती र कञ्चटमा गोली हानिएको छ । ४ वटा मोटरसाइकलमा आएको समूहले उनलाई गोली हानेको प्रत्यक्षदर्शीले बताएका छन् । 

गोली लागेर गम्भीर घाइते भएका उनको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । खानको हत्यापछि बुटवलमा प्रहरीले सुरक्षा सर्तकता बढाइएको बताएको छ । घटनामा संलग्नको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया